काठमाडौं । गोलकिपर विशाल श्रेष्ठले मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मछिन्द्रले मंगलबार सामाजिक सञ्जालमार्फत विशालसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि विशालको सम्झौता थप गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
मछिन्द्र पछिल्लो संस्करणको 'ए' डिभिजनको च्याम्पियन टोली हो ।
यस अघि मछिन्द्रले राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ति मगर, मिडफिल्डर सुजल श्रेष्ठ र डिफेन्डर देवेन्द्र तामाङसंगको सम्झौता नवीकरण गरिसकेको छ ।
यस्तै मछिन्द्रले मिडफिल्डर पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई अनुबन्ध गरिसकेको छ ।