काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमोनले क्लब छाड्ने भएका छन् ।
सिमोनले यस सिजनको अन्त्यसँगै ला लिगा क्लब छाड्ने भएका हुन् ।
५२ वर्षीय प्रशिक्षक २०११ बाट एट्लेटिको मड्रिडमा रहेका छन् ।
अर्जेन्टिनी प्रशिक्षक सिमोनको नेतृत्वमा एट्लेटिकोले ला लिगा, कोपा डेल रे, युरोपा लिग, यूईएफए सुपर लिग लगायतका उपाधि जितेका छन् ।
सिमोन एट्लेटिकोमा लामो समय बिताउने प्रशिक्षक हुन् ।
सिमोन आउनु अघि एट्लेटिकोले १६ वर्ष भित्र ३७ प्रशिक्षकलाई नियुक्त गर्दै बर्खास्त गरेका थिए ।