काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले मिडफिल्डर जया गुरुङसहित ३ खेलाडी अनुबन्ध गरेको छ ।
खुमलटारले मंगलबार मिडफिल्डर जयासहित दुई गोलकिपर देव लिम्बु र चाङ थेबेलाई अनुबन्ध गरिएको जनाएको छ।
खुमलटारले तीनै खेलाडीलाई एक वर्षका लागि अनुबन्ध गरेको हो ।
जयाले गत सिजन संकटा क्लबबाट 'ए' डिभिजन लिग खेलेका थिए ।
नयाँ सिजनको 'ए' डिभिजन लिग नजिकिदै गर्दा खुमलटारले तीन खेलाडीलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
यस अघि खुमलटारले मिडफिल्डर नितिन थापा, फरवार्ड राजिब लोप्चन, मनिष थापा,फरवार्ड रोहित सुब्बा, डिफेन्डर पदम भट्टराई, फरवार्ड श्याम मुर्मुर र एन्जल गुरुङलाई अनुबन्ध गरेको थियो ।
यस्तै खुमलटारले यम प्रसाद गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।