काठमाडौं । फ्रान्स तथा टोटेनहमका गोलकिपर ह्युगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
फ्रान्सका कप्तान समेत रहेका लोरिसले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।
'मैले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेको छु,' लोरिसले भनेका छन् ।
लोरिसले २००८ मा उरुग्वेविरुद्ध खेल्दै २१ वर्षको उमेरमा डेब्यु गरेका थिए ।
लोरिसले फ्रान्सका लागि १ सय ४५ खेल खेलेका छन् ।
लोरिसको कप्तानीमा फ्रान्सले २०१८ को विश्वकप फुटबलको उपाधि जितेको थियो ।
यस्तै कतार विश्वकपमा उपविजेता बनेको थियो ।