काठमाडौं । इंग्लिस क्लब चेल्सीले फरवार्ड जोआ फेलिक्सलाई अनुबन्ध गर्ने भएको छ ।
चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट फेलिक्सलाई लोनमा अनुबन्ध गर्ने भएको हो ।
फेलिक्स अनुबन्धका लागि चेल्सी र एट्लेटिकोबीच सहमति बनेको बताईएको छ ।
यस सिजनको अन्तिमसम्मका लागि चेल्सीले फेलिक्सलाई लोनमा अनुबन्ध गर्न लागेको हो ।
पोर्चुगिज फरवार्डलाई अनुबन्ध गर्न आर्सनल र म्यानचेस्टर युनाईटेडले समेत चासो देखाएको थियो ।
२३ वर्षी फरवार्डले कतार विश्वकपमा पोर्चुगलका लागि १ गोल गरेका थिए ।
उनी २०१९ मा बेन्फिकाबाट स्पेनिस क्लब आएका थिए ।