काठमाडौं । आर्सनल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
सोमबार राति भएको खेलमा अक्सफोर्ड युनाईटेडलाई ३-० ले हराएर आर्सनलले चौंथो चरणको यात्रा तय गरेको हो ।
आर्सनलको जितमा एडी एनकेटियाले दुई गोल गरे । मोहमद एल्नेनीको नाममा एक गोल रह्यो ।
खेलको ६३ औं मिनेटमा मोहमदले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
७० औं मिनेटमा एडीले गोल गरेपछि आर्सनलको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा एडीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए ।