काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।
उनले खेलको २२ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै खेलको इन्जुरी समयमा दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।
एट्लेटिकोका साभिक र बार्सिलोनाका फेरान टोरेसले रातो कार्ड पाएका थिए ।
जितसँगै बार्सिलोना ४१ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।
एट्लेटिको २७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।