चितवन । स्वर्गीय दिलिप राणा स्मृति चौंथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल माघमा आयोजना हुने भएको छ।
२८ गतेदेखि हुने भएको छ चितवन भेट्रान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता माघ २८ देखि फागुन ४ गतेसम्म चल्नेछ ।
भरतपुर १० स्थित गेष्टहाउस चौरमा आयोजना हुने प्रतियोगितामा नेपाल र भारतका १६ क्लब सहभागी हुनेछन् । जसमा चितवन रातो र निलो गरी दुई, नेपालका अन्य १२, भारतको देहरादुन र कोलकाता सहभागी हुनेछन् ।
सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिने क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए ।
प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँचपाँच हजार प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले एक हजार ५०० प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता तयारी सुरु भएको क्लबका सचिव भरत सुवेदीले जानकारी दिए ।
स्व दिलिप राणाका छोरा अभिनय राणाले प्रतियोगिता सफलताको कामना गरे । स्व राणा पूर्व स्थानीय फुटबल खेलाडी हुन् ।