मकवानपुर । जावलाखेल युथ क्लब बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिलाई ५-० ले पराजित गर्दै जावलाखेल अन्तिम चारमा पुगेको हो ।
फापरबारी रंगशालामा जावलाखेललाई जित दिलाउन ह्युसुव थपलियाले ह्याट्रिक गोल गरे । यस्तै सुनिल खड्का र समिरराज थोकरले एक–एक गोल गरे ।
खेलको म्यान अफ दि म्याच जाउलाखेल युथ क्लबका ह्युसुव थपलिया घोषित भए । उनले नगद ५ हजार र ट्रफि प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोली सोमबार मकवानपुर–११ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।