काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले यम प्रसाद गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
खुमलटारले आइतबार सामाजिक संजालबाट गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
गुरुङ नेपाली यू-२० राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक समेत हुन् । उनको नेतृत्वमा नेपालले यू-२० महिला साफ च्याम्पियनसिप खेल्दैछ ।
बंगलादेशको ढाकामा आयोजना हुने च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ ।
नयाँ सिजनको 'ए' डिभिजन लिगका लागि खुमलटारले गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।