काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले फरवार्ड रोहित सुब्बासहित ३ खेलाडी अनुबन्ध गरेको छ ।
खुमलटारले आइतबार यू-२० राष्ट्रिय टोलीका फरवार्ड रोहितसहित डिफेन्डर पदम भट्टराई र फरवार्ड श्याम मुर्मुरलाई अनुबन्ध गरिएको जनाएको छ ।
खुमलटारले तीनै खेलाडीलाई एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो ।
खुमलटारले तीनै खेलाडीलाई सुनाकोठी सिटी एफसीबाट लोनमा अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग नजिकिदै गर्दा खुमलटारले तीन खेलाडीलाई लोनमा अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
यस अघि खुमलटारले मिडफिल्डर नितिन थापा, फरवार्ड राजिब लोप्चन, मनिष थापा र एन्जल गुरुङलाई अनुबन्ध गरेको थियो ।