काठमाडौं । एफए कप फुटबल अन्तर्गत लिभरपुल र उल्भ्सबीचको खेल बराबरीमा सकिएको छ ।
एफए कपको तेस्रो चरण अन्तर्गत शनिबार राति लिभरपुल र उल्भ्सले २-२ गोलको बराबरी खेलेका छन् ।
खेल बराबरी भएसँगै दुई टोलीबीच पुन: 'रिप्ले' खेल हुने भएको छ ।
खेलको २६ औं मिनेटमा गोन्कालो गुएडेसले गोल गर्दै उल्भ्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
४५ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दा लिभरपुल २-१ ले अघि रह्यो ।
त्यसपछि ६६ औं मिनेटमा ह्वाङ हि चानले गोल गर्दै उल्भ्सलाई २-२ गोलको बराबरीमा ल्याए ।