काठमाडौं । इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले उडीनेजेलाई १-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा डानिलोले निर्णायक गोल गरे ।
डानिलोले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै युभेन्ट्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
युभेन्ट्सले १७ खेलमा ३७ अंक जोडेको छ ।
उडीनेजे २५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।
अर्को खेलमा इन्टर मिलानले मोन्जासँग २-२ गोलको बराबरी खेलेको छ ।