काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले हार व्यहोरेको छ ।
शनिबार राति भएको खेलमा रियललाई भिल्ला रियलले २-१ गोल अन्तरले हराएको हो ।
भिल्ला रियललाई जित दिलाउन एरिमी पिनो र जेरार्ड मोरेनोले एक एक गोल गरे ।
रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।
खेलको ४७ औं मिनेटमा पिनोले गोल गर्दै भिल्ला रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६० औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६३ औं मिनेटमा मोरेनोले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितसँगै भिल्ला रियल पाँचौं स्थानमा उक्लिएको छ ।
भिल्लाले १६ खेलमा २७ अंक जोडेको छ ।
रियल ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ ।
यस हारसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।