काठमाडौं । इंग्लिस क्लब चेल्सीले ब्राजिलियन मिडफिल्डर आन्द्रे सान्तोसलाई अनुबन्ध गरेको छ ।
चेल्सीले शनिबार मिडफिल्डर सान्तोसलाई अनुबन्ध गरिएको जनाएको छ ।
चेल्सीले सान्तोसलाई ब्राजिलियन क्लब भास्को डा गामाबाट अनुबन्ध गरेको हो ।
१८ वर्षीय मिडफिल्डरले चेल्सीसँग लामो सम्झौता गरेको बताईएको छ ।
ब्राजिलका यू-२० टोलीका सदस्य सान्तोसले ब्राजिलियन क्लबमा लागि ३८ खेलमा ८ गोल गरेका छन् ।
उनले १७ वर्षको उमेरमा गत वर्ष सिनियर टोलीमा डेब्यु गरेका थिए ।