काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पले सम्झौता नवीकरण गरेका छन् ।
फ्रान्स फुटबल फेडेरेसनले शनिबार डेस्च्याम्पको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
डेस्च्याम्प अब २०२६ सम्म फ्रान्सका मुख्य प्रशिक्षक रहने छन् ।
५४ वर्षीय डेस्च्याम्प २०१२ बाट मुख्य प्रशिक्षक रहेका थिए ।
डेस्च्याम्पको नेतृत्वमा फ्रान्सले २०१८ मा विश्वकप उपाधि जितेको थियो ।
यस्तै २०२० को कतार विश्वकपमा उपविजेता बनेको थियो ।
यस्तै डेस्च्याम्पले फ्रान्सलाई २०१४ को विश्वकपमा क्वाटरफाइनल र २०१६ को युरोमा फाइनलसम्म पुर्राएका थिए ।
डेस्च्याम्पको नेतृत्वमा फ्रान्सले ८९ जित, २८ बराबरी र २२ हार व्यहोरेको छ ।