निजगढ । निजगढ फुटबल क्लबका प्रशिक्षक सन्तोष गुरुङलाई निजगढस्थित सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ ।
सहकारीको १२ औ वार्षिक साधारणसभाको अवशरमा गुरुङलाई सेवा प्रतिभा पुरस्कार २०७९ द्वारा सम्मान गरिएको हो ।
निजगढ फुटबल क्लबलाई प्रशिक्षण गराईरहेका गुरुङले निजगढमा खेलकुद क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै सेवा प्रतिभा पुरस्कार २०७९ ले सम्मान गरिएको सहकारीले जनाएको छ ।
सम्मानित गुरुङलाई सहकारीका अध्यक्ष मणिश्वर घिमिरेले सम्मानपत्र प्रदान गरेका थिए ।
गुरुङ आबद्ध निजगढ फुटबल क्लबले निजगढमा उमेर समूहको राष्ट्रिय पुरुष र महिला फुटबल खेलाडी उत्पादन गर्दै आईरहेको छ ।