काठमाडौं । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक एक महिना बढी मैदान बाहिर रहने भएका छन्।
ह्यामस्ट्रिङ चोटका कारण डाइक एक महिना बढी मैदान बाहिर रहने भएका हुन् ।
डाइकले प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डविरुद्धको खेलमा चोट बोकेका थिए ।
गत सोमबार ब्रेन्टफोर्डविरुद्ध ३-१ ले हार व्यहोरेको खेलमा डाइकले चोट बोकेका हुन् । नेदरल्यान्ड्सका डिफेन्डर हाफ टाइममा सब्सिच्युड भएका थिए ।
लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले उनले चोट बोकेको पुष्टि गरे ।
३१ वर्षीय डिफेन्डरले यस सिजन सबै खेलमा खेलेका छन् ।