काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले चार खेलाडी अनुबन्ध गरेको छ ।
खुमलटारले शुक्रबार एक मिडफिल्डर र तीन फरवार्डलाई अनुबन्ध गरिएको जनाएको छ ।
खुमलटारले मिडफिल्डर नितिन थापा, फरवार्ड राजिब लोप्चन, मनिष थापा र एन्जल गुरुङलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग नजिकिदै गर्दा खुमलटारले चार खेलाडी अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।