काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले गोलकिपर ज्याक बुटलान्डलाई अनुबन्ध गरेको छ ।
युनाईटेडले ज्याकलाई क्रिस्टल प्यालेसबाट लोनमा अनुबन्ध गरेको हो ।
यस सिजनको अन्त्यसम्मको लागि युनाईटेडले गोलकिपर ज्याकलाई लोनमा अनुबन्ध गरेको हो ।
गोलकिपर डेभिड डे हायाको विकल्पको रुपमा युनाईटेडले ज्याकलाई अनुबन्ध गरेको हो ।
२९ वर्षीय गोलकिपर २०२० बाट क्रिस्टलमा रहेका थिए ।
गोलकिपर ज्याकले इंग्ल्यान्डका लागि ९ खेल खेलिसकेका छन् ।