काठमाडौं । इटालीका पूर्व स्ट्राइकर जियानलुका भियालीको निधन भएको छ ।
क्यान्सरको कारण स्ट्राइकर जियानलुकाको ५८ वर्षको उमेरमा शुक्रबार लण्डनमा निधन भएको हो ।
जियानलुका लामो समयबाट प्यान्क्रियाटिक क्यान्सरबाट पीडित थिए ।
इटालीका लागि उनले ५९ खेलमा १६ गोल गरेका थिए ।
उनले क्लब फुटबलमा चेल्सी, युभेन्ट्स र साम्पडोरियाका लागि खेलेका थिए ।
जियानलुकाले चेल्सीको मुख्य प्रशिक्षक रहेर काम समेत गरेका थिए ।
इटालीले २०२० को युरोकप जित्दा उनी रोबर्टो मान्सिनीको ब्याकरुम टोलीमा रहेर काम गरेका थिए ।