काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ति मगरले सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
मछिन्द्रले शुक्रबार फरवार्ड विमलले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ ।
विमलले थप एक सिजनका लागि मछिन्द्रसँग सम्झौता थप गरेका हुन् ।
नयाँ सिजनको 'ए' डिभिजन लिग अघि मछिन्द्रले विमलसँग नयाँ सम्झौता गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
मछिन्द्रले पछिल्लो समय खेलाडी अनुबन्धलाई तिब्रता दिएको छ ।
मछिन्द्रले यस अघि मिडफिल्डर पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई अनुबन्ध गरिसकेको छ ।