काठमाडौं । यू-२० राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा रहेका ४१ खेलाडीबाट ११ जना बाहिरिएको जनाएको छ ।
एन्फाले बन्द प्रशिक्षणमा अब ३० खेलाडी रहेको जनाएको छ ।
बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिपका लागि नेपाली टोलीले तयारी गरिरहेका छन्।
मुख्य प्रशिक्षक यम गुरुङले प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरेका थिए ।
महिला यू-२० साफ च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेब्रुअरी ३ मा हुनेछ ।
यस्तै नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।
नेपाली टोली -
गोलकिपर : कविता विक, सावित्री किशन, लिला जोशी, पुजा थापा, सुजाता तामाङ,
डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया
मिडफिल्डरः कुमारी तामाङ, तुलसा बोहरा, सुष्मा जीटी, कुसुम खतिवडा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माछामासी, सरस्वती हमाल, हिमा रावत, दिपा शाही
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द, सदिपा भोलान