काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले डिफेन्डर डेली ब्लाइन्डलाई अनुबन्ध गरेको छ ।
बायर्नले नेदरल्यान्ड्सका डिफेन्डर ब्लाइन्डलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
३२ वर्षीय डिफेन्डरले बायर्नसँग ६ महिनाको सम्झौता गरेका छन् ।
उनले बायर्नमा २३ नम्बरको जर्सी लगाउने छन् ।
ब्लाइन्डले हालै डच क्लब आयाक्स छाडेका थिए । ब्लाइन्डले सम्झौता ६ महिना बाँकी रहदै आयाक्स छाडेका थिए ।
ब्लाइन्ड २०१८ मा म्यानचेस्टर युनाईटेडबाट आयाक्स फर्किएका थिए ।
युनाईटेड जानु अघि उनी आठ वर्षको उमेरमा आयाक्सको एकेडेमी भर्ना भएका थिए ।
ब्लाइन्डले आयाक्सका लागि दुई स्पेलमा ३ सय ३३ खेल खेलेका छन् ।
ब्लाइन्डले डच क्लबबाट ७ पटक लिगको उपाधि जितेका थिए ।
आयाक्सका लागि ब्लाइन्डले १३ गोल गरेका छन् ।
ब्लाइन्डले नेदरल्यान्ड्सका लागि ९९ खेल खेलेका छन् ।