काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ ।
बिहीबार राति भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले हराएको हो ।
सिटीको जितमा रियाद महरेजले निर्णायक गोल गरे ।
महरेजले ६३ औं मिनेटमा ज्याक ग्रेलिसको पासमा निर्णायक गोल गरेका हुन् ।
जितसँगै सिटीले १७ खेलमा ३९ अंक जोडेको छ ।
सिटी दोस्रो स्थानमा रहेको छ ।
चेल्सी २५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।