काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सका युवा डिफेन्डर बेनोइट बादियाशिललाई अनुबन्ध गरेको छ।
चेल्सीले डिफेन्डर बेनोइटलाई फ्रेन्च क्लब मोनाकोबाट अनुबन्ध गरेको हो ।
२१ वर्षीय डिफेन्डरले चेल्सीसँग साढे ७ वर्षको सम्झौता गरेका छन् ।
डिफेन्डर बेनोइटले फ्रेन्च लिग वानमा पाँच सिजन बिताएर प्रिमियर लिग आएका हुन् ।
'चेल्सीमा अनुबन्धित हुँदा धेरै खुसी छु,' सम्झौतापछि बेनोइटले भनेका छन् ।
उनले मोनाकोका लागि १ सय ३५ खेल खेलेका छन् ।
सेन्टर डिफेन्डर बेनोइटले फ्रान्सका लागि २ खेल खेलिसकेका छन् ।