काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले मिडफिल्डर प्रशान्त अवस्थीलाई अनुबन्ध गरेको छ ।
मछिन्द्रले बुधबार प्रशान्तलाई अनुबन्ध गरिएको जनाएको छ ।
नयाँ सिजनको 'ए' डिभिजन लिग अघि राष्ट्रिय टिमबाट खेलिसकेका प्रशान्तलाई मछिन्द्रले अनुबन्ध गरेको हो ।
प्रशान्तले अघिल्लो सिजनको लिग सातदोबाटो युथ क्लबबाट खेलेका थिए ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
यस अघि मछिन्द्रले मिडफिल्डर पुजन उपरकोटीलाई अनुबन्ध गरेको जनाएको थियो ।