काठमाडौं । मिडफिल्डर पुजन उपरकोटी सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबमा अनुबन्धित भएका छन् ।
मछिन्द्रले बुधबार पुजनलाई अनुबन्ध गरिएको जनाएको छ ।
मनाङ मर्स्याङ्दी क्लब छाडेपछि पुजन मछिन्द्रमा अनुबन्धित भएका हुन् ।
पुजनले आहा रारा पोखरा गोल्डकप मछिन्द्रबाट खेलिसकेका छन् ।
राष्ट्रिय टिमका मिडफिल्डर समेत रहेका पुजनले तीन वर्ष बिताएर मनाङ छाडेका हुन् ।
पुजनले सामाजिक संजाल फेसबुकबाट गत शुक्रबार मनाङ छाडेको जनाएका थिए ।
पुजन २०१९ मा मनाङमा आबद्द भएका थिए ।
मनाङबाट पुजनले 'ए' डिभिजन लिगको उपाधि जितेका थिए ।
'ए' डिभिजन लिग नजिकदै गर्दा पुजनले मनाङ छाडेका हुन् ।