काठमाडौं । प्रिमियर लिग क्लब एभर्टनका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डको पद संकटमा परेको छ ।
एभर्टनले निरन्तर खराब प्रदर्शन जारी राखेपछि लाम्पार्डको पद संकटमा परेको हो ।
प्रिमियर लिग अन्तर्गत मंगलबार राति एभर्टनलाई ब्राइटनले ४-१ ले हराएको थियो ।
यस हारसँगै लाम्पार्डको पद थप धरापमा परेको हो ।
एभर्टनले लाम्पार्डलाई बर्खास्त गर्ने योजना बनाएको विभिन्न रिपोर्टमा उल्लेख गरिएको छ ।
लाम्पार्डको नेतृत्वमा रहेको एभर्टन १५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
राफायल बेनिटेज बर्खास्त भएपछि इंग्ल्यान्डका पूर्व मिडफिल्डर लाम्पार्ड एभर्टनको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
४३ वर्षीय लाम्पार्डले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।