काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेडले बर्नेमाउथलाई ३-० गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा कासिमिरो, लुक श र मार्कुस राषफोर्डले एक एक गोल गरे ।
खेलको २३ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
लुक शले खेलको ४९ औं मिनेटमा गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३-० को जित दिलाए ।
जितसँगै युनाईटेडले १७ खेलमा ३४ अंक जोडेको छ ।
युनाईटेड चौंथो स्थानमा रहेको छ ।
बर्नेमाउथ १८ खेलमा १६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।