काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा आर्सनलले न्युकासलसँग गोलरहित बराबरी खेलेको हो ।
घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्सनल बराबरीमा रोकिनु परेको हो ।
बराबरीसँगै आर्सनल १७ खेलमा ४४ अंक जोडेको छ ।
न्युकासल १८ खेलमा ३५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै फुलहमले लेस्टर सिटीलाई १-० ले हराएको छ ।
यस्तै ब्राइटनले एभर्टनलाई ४-१ ले हराएको छ ।