काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाईटेडले अष्ट्रियाका डिफेन्डर म्याक्स वेबेरलाई अनुबन्धित गरेको छ ।
लिड्सले अष्ट्रियन क्लब आरबी साल्जवर्गबाट म्याक्सलाई अनुबन्ध गरेको हो ।
लिड्ससँग डिफेन्डर म्याक्सले साढे चार वर्षको सम्झौता गरेका छन् ।
लिड्सले सम्झौता रकम भने खुलाएको छैन ।
२४ वर्षीय डिफेन्डरले साल्जवर्गका लागि १ सय २५ खेल खेलेका छन् ।
अष्ट्रियाका लागि उनले १३ खेल खेलिसकेका छन् ।