काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी क्लबले नयाँ सिजनका लागि टिम घोषणा गरेको छ ।
मनाङले मंगलबार एक विज्ञप्ति निकाल्दै नयाँ सिजनका लागि टिम घोषणा गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग नजिकिदै गर्दा र मोसफलका प्रतियोगिताका लागि मनाङले टोली घोषणा गरेको हो ।
मनाङले नयाँ सिजनका लागि युवा खेलाडीलाई अनुबन्ध गरेको छ ।
मनाङले घोषणा गरेको टोलीमा दिप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल र रोशन राना मगर छन् ।
मनाङले मुख्य प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रविन श्रेष्ठलाई अनुबन्ध गरिसकेको छ ।
युवा खेलाडी सम्मलित मनाङले आगामी लिगमा बलियो चुनौती दिने क्लबले विश्वास लिएको छ ।
'नयाँ सिजनको लिगमा हामीले युवा खेलाडीमाथि विश्वास गरेका छौं । उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई अनबुन्ध गरेका छौं । आसन्न ए डिभिजन लिगको उपाधि रक्षामा क्लबले बलियो चुनौती पेश गर्ने अपेक्षा राखेका छौं,' क्लबले भनेको छ ।
यस्तै मुख्य प्रशिक्षक किरण श्रेष्ठले राम्रो नतिजाका लागि सक्दो कोशिस गर्ने बताए ।
‘मनाङ ठुलो टिम हो । विश्वास गरेर क्लबले ठुलो जिम्मेवारी दिएको छ । क्लबको ब्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु । यस पटकको जिम्मेवारी चुनौतीपूर्ण छ । मनाङको यसपटकको खेलाडी संरचना फरक छ । यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे । अहिले पुरै युवा खेलाडीको टिम छ । नजिताका लागि प्रशिक्षकको रुपमा सक्दो कोशिश गर्नेछु,’ उनले भनेका छन् ।
'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
मनाङ 'ए' डिभिजन लिगमा कीर्तिमानी आठ पटकको च्याम्पियन हो ।
मनाङको टिम -