काठमाडौं । जर्मन क्लब होफेनहाइमले डेनमार्कका फरवार्ड कास्पर डोल्बर्गलाई लोनमा अनुबन्ध गरेको छ ।
होफेनहाइमले कास्परलाई फ्रेन्च क्लब निसबाट अनुबन्ध गरिएको जनाएको छ ।
फ्रेन्च क्लबले २५ वर्षीय फरवार्डलाई स्थायी अनुबन्धको बिकल्प समेत दिएको छ ।
होफेनहाइममा उनले १९ नम्बरको जर्सी लगाउने छन् ।
गत सिजन कास्परले स्पेनिस क्लब सेभियाबाट लोनमा खेलेका थिए ।
उनले सेभियाका लागि ४ खेल खेलेका थिए ।
डेनमार्कका लागि उनले ४० खेलमा ११ गोल गरेका थिए ।