पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा आज मंगलबार मनाङ मर्स्याङ्दी क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा चौंथो क्वाटरफाइनल अन्तर्गत मनाङ र भुटनीज भिड्न लागेका हुन् । दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ ।
दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।
प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।