काठमाडौं । प्रशिक्षक हान्सी फ्लिक जर्मनीको मुख्य प्रशिक्षक कायम रहने भएका छन् ।
कतार विश्वकपमा फ्लिकको नेतृत्वमा रहेको जर्मनी समूह चरणबाट बाहिरिएको थियो ।
जर्मनी लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणबाट बाहिरिएको हो ।
विश्वकपबाट बाहिरिएपछि फ्लिकले टिम छाड्ने अनुमान गरिएको थियो ।
तर, जर्मन फुटबल एसोसियसनले २०२४ को युरोकपसम्म फ्लिकलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
गत हप्ता जर्मनीले टेक्निकल डिरेक्टर ओलिभरसँगको सम्झौता अन्त्य गरेको थियो ।
५७ वर्षीय जर्मन प्रशिक्षक फ्लिक २०२१ मा जर्मनीको मुख्य प्रशिक्षक चयन भएका थिए ।