काठमाडौं । बेल्जियमका कप्तान इडेन हजार्डले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेल्जियमका प्लेमेकर समेत रहेका हजार्डले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
कतारमा जारी विश्वकपको समूह चरणबाट बाहिरिएको बेल्जियमका ३१ वर्षिया खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।
उनले सन् २००८ मा १७ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टिमबाट १ सय २६ क्याप जित्दै ३३ गोल गरेका छन् ।
विश्वकपको समूह चरणबाटै घर फर्किन परेपछि बेल्जियमका कप्तानको घोषणा बाहिर आएको हो ।
‘आज एक पन्ना बदलिएको छ ।’ रियल मड्रिडका खेलाडीले भनेका छन्, ‘तपाईको माया र अद्धितिय प्रेमका लागि धन्यवाद ।’
‘सन् २००८ देखि यो सबै खुसीका लागि धन्यवाद । मैले आफ्नो अन्तराष्ट्रिय करियर सक्ने निर्णय गरेको छु । उत्तराधिकार तयार छन् । म तपाईलाई याद गर्नेछु ।’ उनले भनेका छन् ।
हजार्ड नेतृत्वको टिम सन् २०१८ मा विश्वकपको सेमिफाइनलसम्म पुगेको हो । जो फ्रान्ससँग १–० ले पराजित बनेको थियो । तेस्रो स्थानमा रहदै उनले इङ्ल्याण्डलाई निराश बनाएको थियो ।