काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सका डिफेन्डर हुगो बुएनोले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
उल्भ्सले बुधबार युवा डिफेन्डर हुगोले सम्झौता नवीकरण गरेको जनाएको छ ।
हुगोले थप चार वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका हुन् ।
२० वर्षीय डिफेन्डर २०१९ मा उल्भ्सको एकेडेमी आएका थिए ।
स्पेनिस डिफेन्डरले यसै वर्ष उल्भ्सको सिनियर टोलीमा डेब्यु गरेका थिए ।
उल्भ्सका लागि उनले ३ खेल खेलेका छन् ।