पथरी । सिराहाको सहलेस युथ क्लबले भारतको आमुक्त परिवार वेष्ट वंगाललाई पराजित गर्दै बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सहलेसले बुधबार भएको खेलमा आमुक्त परिवार वेष्ट वंगाललाई ३-१ गोल अन्तरले हराएको हो । सिराहाको जितमा फोफोना लिब्राइनले दुई र दिनेश हेन्जनले एक गोल गरे ।
खेलको पहिलो हाफको ३० औं मिनेटमा भारतका सत्यम शर्माले गोल गर्दै टिमलाई अग्रता दिए पछि अग्रता जोगाउन नसक्दा प्रतियोगिता बाट बाहिरियो । डिबक्सभित्र प्राप्त बललाई शर्माले जाली चुमाएका हुन्। सत्यमको गोलसँगै दबाबमा परेको सिराहाले दोस्रो हाफमा लगातार ३ गोल फर्काएको हो ।
मध्यान्तरपछि सिराहाबाट ४१ औं मिनेट र ७८ औं मिनेटमा फोफोना लिब्राइन र ४७ औं मिनेटमा दिनेश हेन्जनले एक एक गोल गरेका हुन्। मध्यान्तरपछि भारतले आक्रामक प्रदर्शन गरे पनि गोल गर्न नसक्दा परिणाम आफ्नो पक्षमा पार्न सकेन ।
खेलको म्यान अफ दी म्याच सिराहाका फोफोना लिब्राइन घोषित भए उनले नगद ५ हजार रूपैयाँ प्राप्त गरे । बिहिबार आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र रोलीङ फुटवल क्लबबिच खेल हुनेछ ।