काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर सुमन अर्यालले प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् ।
अष्ट्रेलियामा रहेका सुमनले बुधबार इशासँग इन्गेजमेन्ट गरेका हुन् ।
एन्फा एकेडेमीबाट फुटबल सुरुआत गरेका सुमन अघिल्लो साता अष्ट्रेलिया पुगेका थिए ।
नवलपरासीका सुमन काठमाडौंकी इशासँग केहि वर्षबाट प्रेम सम्बन्धमा थिए ।
इशा अध्ययनका लागि अष्ट्रेलिया पुगेकी थिइन् ।
पछिल्लो समय त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका सुमनले नेपालको यू-१८, यू-१९ र यू-२३ टोलीबाट समेत खेलेका थिए ।