काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा इन्टर मिलानलाई हराएको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति बायर्नले इन्टरलाई २-० गोल अन्तरले हराएको हो ।
बायर्नको जितमा बेन्जामिन पाभर्ड र एरिक म्याक्सिम मोटिङले एक एक गोल गरे ।
खेलको ३२ औं मिनेटमा पाभर्डले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई २-० को जित दिलाए ।
जितसँगै बायर्नले ६ खेलमा १८ अंक जोड्यो ।
बायर्न समूह ‘सी’ को शीर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ ।
इन्टर १० अंक जोडेर समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।