काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।
समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा बार्सिलोनाले भिक्टोरिया प्लेजेनलाई ४-२ गोल अन्तरले हराएको हो ।
खेलको छैटौं मिनेटमा मार्कोस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४४ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
५१ औं मिनेटमा टोमस चोरीले गोल गर्दै भिक्टोरियालाई २-१ को स्थितिमा ल्याए ।
खेलको ५४ औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई ३-१ को अग्रता दिलाए ।
खेलको ६३ औं मिनेटमा टोमसले गोल गर्दै भिक्टोरियालाई ३-२ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा पाब्लो टोरेले गोल गर्दै बार्सिलोनालाई ४-२ को जित दिलाए ।
यस जितसँगै समूह ‘सी’ को बार्सिलोनाले ६ खेलमा ७ अंक जोड्यो ।
बार्सिलोना तेस्रो स्थानमा रह्यो । बार्सिलोना नकआउट चरणमा भने पुग्न असफल भएको छ ।
भिक्टोरिया अंक विहीन रहदै पुछारमा रह्यो ।