काठमाडौं । इंग्लिस क्लब टोटेनहम च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत अन्तिम खेलमा मंगलबार राति फ्रेन्च क्लब मार्सेलाई २-१ ले हराउँदै टोटेनहम नकआउट चरणमा पुगेको हो ।
रोमान्चक बनेको खेलको पहिलो हाफको इन्जुरी समयमा एमबेम्बा मंगुलुको गोलबाट मार्सेले सुरुआती अग्रता बनाएको थियो ।
तर,५४ औं मिनेटमा क्लेमेन्ट लेङलेटले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा पिएरे इमिलले गोल गर्दै टोटेनहमलाई २-१ को जित दिलाए ।
यस जितसँगै टोटेनहमले ६ खेलमा ११ अंक जोड्यो ।
टोटेनहम समूह ‘डी’ को शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।
मार्से ६ अंक जोडेर समूहको पुछारमा रह्यो ।
यसै समूहको अर्को खेलमा फ्रान्कफर्टले स्पोर्टीङ सिपिलाई २-१ ले नै हराएको छ ।
फ्रान्कफर्ट १० अंक जोडेर दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको छ ।