काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले नापोलीलाई हराएको छ ।
समूह चरणको अन्तिम खेलमा मंगलबार राति लिभरपुलले नापोलीलाई २-० गोल अन्तरले हराएको हो ।
लिभरपुललाई जित दिलाउन मोहमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे ।
खेलको ८५ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा नुनेजले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
यस जितसँगै समूह ‘ए’ को लिभरपुलले ६ खेलमा १५ अंक जोड्यो ।
लिभरपुल समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।
नापोली ६ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको छ ।
नापोली हेड टु हेडमा लिभरपुल भन्दा अघि रहेको हो ।