काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन् ।
कटुवालले मंगलबार पहिलो चरणको प्रशिक्षणमा ३० खेलाडी डाकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ ।
एन्फाले मैत्रीपूर्णका लागि मुख्य प्रशिक्षकमा कटुवाललाई नियुक्त गरेको थियो ।
टिमको प्रशिक्षण बुधबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।
प्रशिक्षणमा डाकिएका खेलाडीः-
किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की , विशाल श्रेष्ठ, विकास खवास, विकास तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभास लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रंजित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ, सुरज जिउ ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, विमल घर्ती मगर, अन्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, ऋतिक खड्का, आयुष घलान, संजोग राई, निशान खड्का