काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फरवार्ड लियोनल मेस्सीलाई क्लबमै राख्ने योजना बनाएको छ।
अर्जेन्टिना फरवार्ड मेस्सीको सम्झौता यसै समरमा सकिदैछ । तर, पीएसजीले उनलाई थप केहि वर्ष क्लबमा राख्ने योजना अघि सारेको छ ।
सात पटकका बालोन डी’ओर विजेता मेस्सी सन् २०२१ मा फ्रेन्च क्लबमा आएका थिए । उनले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए ।
मेस्सी पछिल्लो समय राम्रो फर्ममा समेत देखिएका छन् । उनले यस सिजन १५ खेलमा ९ गोल गरेका छन् भने १० गोलको अवसर सिर्जना गरेका छन् ।
पीएसजीले मेस्सीसँग थप एक वर्षको सम्झौता गर्न चाहेको फ्रेन्च मिडियाको रिपोर्टमा उल्लेख छ । तर, क्लबले अहिलेसम्म औपचारिक प्रस्ताव राखेको छैन ।
बार्सिलोनासँगको सम्झौता सकिएपछि मेस्सी सन् २०२१ मा निशुल्क रुपमा बजारमा उपलब्ध थिए । उनले क्लबसँग सम्झौता थप्न चाहेका थिए । तर अन्तिममा उनले बार्सिलोना छाड्न पर्यो । बार्सिलोनाको बित्तिय समस्याका कारण मेस्सी स्पेनबाट बाहिरिनु परेको थियो ।