काठमाडौं । इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति भिक्टोरिया प्लेजेनलाई ४-० ले हराउँदै इन्टर नकआउट चरणमा पुगेको हो ।
इन्टरको जितमा इडेन डेज्कोले दुई गोल गरे ।
हेनरिक मिखिटेरियन र रोमेरो लुकाकुले एक एक गोल गरे ।
यस जितसँगै समूह ‘सी’ को इन्टरले ५ खेलमा १० अंक जोडेको छ ।
इन्टर दोस्रो स्थानमा रहेको छ ।
प्लेजेन अंक विहीन रहदै पुछारमा रहेको छ ।