काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ ।
समूह चरण अन्तर्गत बुधबार राति जर्मन क्लब बायर लिभरकुसेनसँग २-२ गोलको बराबरीमा रोकिएपछि एट्लेटिको समूह चरणबाटै बाहिरिएको हो ।
एट्लेटिकोका लागि यान्निक कारास्को र रोड्रिगो डी पाउलले एक एक गोल गरे ।
लिभरकुसेनका मौसा डियाबी र कलुम हुड्सन ओडोईले एक एक गोल गरे ।
यस बराबरीसँगै समूह ‘बी’ को एट्लेटिकोले ५ खेलमा ५ अंक जोडेको छ ।
एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।
लिभरकुसेन ४ अंक जोडेर पुछारमा रहेको छ ।
यस समूहबाट क्लब ब्रुग र पोर्टो एफसीले नकआउट चरणमा स्थान बनाएको छ ।