काठमाडौं । इटालियन क्लब नापोली च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति रेन्जर्सलाई ३-० ले हराएर नापोलीले अन्तिम १६ को यात्रा तय गरेको हो ।
नापोलीको जितमा जियोभानी सिमोनले दुई गोल गरे । लियो स्किरीले एक गोल थपे ।
खेलको ११ औं मिनेटमा सिमोनले गोल गर्दै टोलीको लागि गोलको खाता खोलेका थिए ।
सिमोनले १६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा नापोलीको अग्रता दोब्बर बन्यो ।
त्यसपछि खेलको ८० औं मिनेटमा लियोले गोल गर्दै नापोलीलाई ३-० को जित दिलाए ।
जितसँगै नापोलीले ५ खेलमा १५ अंक जोडेको छ ।
नापोली समूह ए को शीर्ष स्थानमा रहेको छ ।
रेन्जर्स अंक विहीन रहदै पुछारमा छ ।