काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
समूह चरण अन्तर्गत बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना बाहिरिएको हो ।
बार्सिलोना घरेलु मैदानमै बायर्नसँग स्तब्ध भएको हो ।
खेलको दशौं मिनेटमा साडियो मानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
खेलको ३१ औं मिनेटमा चुपो मोटिङले गोल गर्दा बायर्नको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा बेन्जामिन पाभर्डले गोल गर्दै बायर्नलाई ३-० को जित दिलाए ।
यस जितसँगै बायर्नले ५ खेलमा १५ अंक जोडेको छ ।
बायर्न समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ ।
बायर्नले यस अघि नै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।
बार्सिलोना ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस समूहबाट इन्टर मिलानले पनि नकआउट चरणमा स्थान बनाएको छ ।